आइसक्रिमभित्र भेटियो जमेको सर्प -BHITRAKOKHABAR

0 Shares

थाइल्यान्डमा एक व्यक्तिले स्ट्रीट भेण्डरबाट खरिद गरेको आइसक्रिममा पूरै सर्प जमेको देखेपछि आश्चर्यचकित भएका छन्। यो अनौठो घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि सबै चकित परेका छन्।

मध्य थाइल्यान्डको मुआंग रत्चबुरीका पाक थो निवासी रेबन नाकलेंगबूनले फेसबुकमा केही तस्वीरहरू साझा गरेका छन्, जसमा कालो र पहेँलो रङको सर्पको टाउको स्पष्ट रूपमा आइसक्रिमबाट बाहिर निस्किएको देखिन्छ।

यस्ता घटनाहरू बेलाबेला चर्चामा आउँछन्। चकलेट सिरपमा मरेको मुसा, चिप्सको प्याकेटमा मरेको भ्यागुता, सूपमा छेपारो भेटिएको जस्ता घटना सामाजिक सञ्जालमा धेरै देख्न पाइन्छ।

तर, आइसक्रिमभित्रै पूरै सर्प जमेको घटनाले सबैलाई चकित बनाएको छ। यो घटना सार्वजनिक भएपछि स्थानीय अधिकारीहरू अनुसन्धानमा जुटेका छन् भने मानिसहरू आइसक्रिम लगायत अन्य खाद्य वस्तु खरिद गर्दा झन् सतर्क बन्न आवश्यक रहेको बताएका छन्।

सम्बन्धित समाचारसबै