0
Shares
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ३ लाख ३ हजार रुपैयाँसहित भारत बिहारका ५५ वर्षीय नन्दलाल बाहेतीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
मोटरसाइकलमा सवार बाहेतीलाई विराटनगर महानगरपालिका–१७ क्षेत्रमा बिहान ११ः४५ बजेतिर अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा आउँदै गर्दा बाहेतीलाई रोकेर शरीर खानतलासी गर्दा रकम पाइन्टको भित्री भागमा लुकाइ राखिएको फेला परेको हो।
बरामद रकममा १ हजार दरका ३०० नोट, ५ सय दरका ४ नोट र १ सय दरका ११ नोट रहेका छन्। हाल बाहेतीलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीको अनुमान छ कि बरामद भएको रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने सम्भावना छ।