0
Shares
काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा सोमबार राति भीषण आगलागी भएको छ। आगलागीमा ९ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्।
भारतस्थित नेपाली दूतावासका अधिकारीका अनुसार, अर्की बजार क्षेत्रमा बस्ने यी नेपाली श्रमिकहरू आगलागीका समयमा सम्पर्कमा आउन सकेका छैनन्।
आगलागीका कारण सो क्षेत्रका करिब १०–१२ घर जलेर ध्वस्त भएका छन्। आगलागीका क्रममा ग्यास सिलिन्डर विस्फोटसमेत भएको थियो। घटनास्थलबाट २ वटा शव निकालिएका छन्, तर अहिले तिनीहरूको पहिचान डीएनएको माध्यमबाट गर्नुपर्ने बताइएको छ।
नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापाले भने, “हिमाचल सरकारले बेपत्ता नेपालीहरूको खोजीकार्य तीव्र पारेको छ। भग्नावशेषमा हराइरहेका नेपालीहरूको सूची प्रहरीले हामीलाई उपलब्ध गराएको छ।”
उक्त सूची अनुसार, बेपत्ता हुनेमा सल्यान जिल्लाका ५ महिला र ४ पुरुष छन्।