0
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।
निर्वाचन आयोग परिसरमै स्थापना गरिएको यो कल सेन्टरमार्फत मतदाता, नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा राख्न सक्नेछन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिँदै भने, “कल सेन्टर आजदेखि सञ्चालनमा आएको छ। प्रारम्भमा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइनेछ। आवश्यकता अनुसार समय थपिँदै जानेछ।”
कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गरिने छ। निस्शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गर्दा मतदाता, नागरिक वा सरोकारवालाले एकै पटक १५ जनासम्म फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ।