दुर्गा प्रसाईं पोखराबाट पक्राउ, साइबर ब्युरोको पत्रका आधारमा काठमाडौं ल्याइँदै

0 Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई पोखराबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईं पोखराको लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथे क्षेत्रबाट पक्राउ परेका हुन् । कास्की प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले साइबर ब्युरोको अनुरोधका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार साइबर ब्युरोबाट आएको पत्रपछि आवश्यक प्रक्रिया पूरा गरेर उनलाई काठमाडौं पठाइँदैछ ।

कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले आर्थिक लेनदेनका आधारमा निर्णय गरेको आरोप लगाउँदै प्रसाईंले सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर आइतबार निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दै साइबर ब्युरोलाई पत्राचार गरेको थियो । त्यसकै आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचारसबै