काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान नेपाली सेनाका उच्च अधिकारी तथा सम्बन्धित निकायका पदाधिकारीसहित द्रुतमार्ग क्षेत्रको अवलोकन गरेकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्माण कार्यको हालको अवस्था र प्रगतिबारे विस्तृत जानकारी लिँदै तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइन् । उनले द्रुतमार्ग मुलुकका लागि रणनीतिक महत्वको आयोजना भएकाले काममा ढिलासुस्ती हुन नहुने बताइन् ।
प्रधानमन्त्री कार्कीले द्रुतमार्ग निर्माणमा देखिने समस्या समाधानका लागि सरकारले आवश्यक नीतिगत, प्रशासनिक तथा स्रोतसाधनको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । निरीक्षण टोलीले द्रुतमार्गको विभिन्न खण्डको अवस्था अवलोकन गर्नुका साथै निर्माण प्रक्रियामा अपनाइएका प्रविधिबारे जानकारी गराइएको थियो ।