0
Shares
विराटनगर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले चुनाव खर्च जुटाउन सर्वसाधारणसँग सहयोगको अपील गरेका छन्।
पुनले फेसबुकमार्फत जानकारी दिँदै भने, “धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो। समर्थकहरूको अनुरोधको प्रत्युत्तर स्वरूप मैले विशेष रूपमा चुनाव खर्चका लागि नयाँ खाता खोलेको छु। यस खाताको सम्पूर्ण हिसाबकिताब पारदर्शी हुनेछ।”
उनले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा नयाँ खाता खोलेको र सोसँग सम्बन्धित क्यूआर कोड पनि सार्वजनिक गरेका छन्।