ट्रम्पले : युद्ध रोक्न पुटिनसँग सहमति नजिक पुगेका छौँ

0 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भइरहेको बताउनुभएको छ। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास ‘कठिन’ बनेको ट्रम्पले स्वीकार गर्नुभएको छ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको संवादमा ट्रम्पले भने, “जेलेन्स्की र पुटिन एकअर्कालाई घृणा गर्छन्, जसले समाधान निकाल्न निकै कठिन बनाएको छ। तर हामी सम्झौताका निकै नजिक छौँ। यसलाई टुंग्याउने राम्रो सम्भावना देख्छु।”

ट्रम्पले हालै पुटिनसँग फोन संवाद गरेको खुलासा गर्दै कीभ र अन्य शहरमाथि असाधारण चिसोका कारण आक्रमण केही समयका लागि रोक्न अनुरोध गरेका थिए। उनले बताए,
“मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि आक्रमण नगर्न आग्रह गरेँ, र उहाँले सहमत हुनुभयो।”

तर, कूटनीतिक प्रयासका बीच पनि हिंसा जारी छ। युक्रेनी अधिकारीहरूले बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। साथै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्।

यसैबीच, रूसले युद्ध अन्त्यका लागि जेलेन्स्कीलाई मस्कोमा वार्ता गर्न आमन्त्रण गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वरिष्ठ अधिकारीहरू मार्फत युक्रेनी राष्ट्रपतिका सुरक्षाको पूर्ण प्रत्याभूति र आवश्यक व्यवस्था गरिने सुनिश्चित गरेको जानकारी दिएका छन्।

सम्बन्धित समाचारसबै