0
Shares
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध दायर रिटको सुनुवाइ हुने भएको छ।
उक्त रिट सुनुवाइको लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ।
यसअघि, न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। साथै, अन्तरिम आदेश सम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाइएको थियो।
चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका थिए। तर, निर्वाचन आयोगले उनकाे उम्मेदवारी खारेज गरेको थियो, जसविरुद्ध उनले अदालतमा रिट दायर गरेका हुन्।