विष्फोटक मुद्दामा पक्राउ परेका  खरेल पुर्पक्षका लागि कारागार चलान

0 Shares

झापा । झापाको दमक नगरपालिका–१ निवासी ४८ वर्षीय खगेन्द्र खरेललाई विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा पक्राउ गरी पुर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार पठाइएको छ। झापा जिल्ला अदालतको माघ २१ गतेको आदेशअनुसार उनलाई कारागार चलान गरिएको हो।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका खरेललाई बुधबार साँझ करिब ७:५० बजे प्रहरी नायब निरीक्षक प्रकाश मेहताको कमाण्डमा खटिएको चार जनाको टोलीले कारागारतर्फ लगेको थियो। नेपाल प्रहरी लेखिएको सेतो बुलेरो गाडीमार्फत उनलाई राति करिब ९:४५ बजे झुम्का कारागार बुझाइएको छ।

खरेलमाथि विष्फोटक पदार्थसम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उनको जीवनवृत्तअनुसार, २०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका खरेल बाल्यकालमै बाबुआमा सहित भारत गएका थिए। भारतको असाममा बसेर अध्ययन गरेका उनले सन् १९९७ मा भारतीय सेनामा भर्ती भएर बम निर्माण, हतियार प्रयोग र विस्फोटक प्रयोगसम्बन्धी तालिम प्राप्त गरेका थिए। केही वर्ष सेनामा सेवा गरेपछि सन् २००८ मा नेपाल फर्केका खरेल वैदेशिक रोजगारीका लागि दुबई पनि पुगेका थिए।

सम्बन्धित समाचारसबै