मोरङ ५ का उम्मेदवार मण्डललाई पारिवारिक शोक

0 Shares

मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार शिवकुमार मण्डल ज्यूकी दिदी, रंगेली–शुक्रबारे निवासी रत्नि देवी मण्डलको आज बिहान करिब ६:०० बजे असामायिक निधन भएको छ।

उहाँको निधनप्रति शोक व्यक्त गर्दै मण्डल परिवारले यसलाई अपूरणीय क्षति भएको जनाएको छ। पारिवारिक स्रोतका अनुसार रत्नि देवी मण्डल केही समयदेखि अस्वस्थ रहनु भएको थियो। उहाँको निधनले सम्पूर्ण परिवार, आफन्त तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।

यस दुःखद घटनाका कारण प्रतिनिधिसभा उम्मेदवार शिवकुमार मण्डल सहभागी हुने आजका सबै पूर्वनिर्धारित चुनावी तथा सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गरिएको जानकारी दिइएको छ।

शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५ मा सरल, जनमुखी र स्पष्ट वक्ताका रूपमा परिचित उम्मेदवार हुनुहुन्छ। सामाजिक न्याय, सुशासन, विकास र जनताको पक्षमा आवाज उठाउँदै आउनु भएका मण्डलले यस कठिन घडीमा परिवारसँगै बसेर शोक व्यक्त गर्ने जनाउनुभएको छ।

 

सम्बन्धित समाचारसबै