सस्तो सुनको प्रलोभनमा ६० लाख ठगी, प्रहरी हवल्दारसहित चार पक्राउ

0 Shares

काठमाडौं। सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने भन्दै ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले एक प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार पनि छन्।प्रारम्भिक अनुसन्धानबाट गिरोहले ‘सस्तोमा सुन दिलाइदिन्छौं’ भन्दै पीडितलाई रकमसहित बोलाएको र त्यसपछि आफूहरू सीआईबीका प्रहरी भएको भन्दै धम्की दिएर रकम लुटेको खुलेको छ।

पक्राउ परेकामाथि ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै