नेपाल दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले “विश्व दृष्टि विशेषज्ञ दिवस ” विभिन्न कार्यक्रमहरु गरि मनाइयो

0 Shares

बिराटनगरमा नेपाल दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले विश्व दृष्टि विशेषज्ञ दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ।
विश्वभरीका दृष्टि विशेषज्ञहरुले मार्च २३ लाई दृष्टि विशेषज्ञ दिवसको रुपमा मनाई राख्दा चैत्र १० गते शनिवार बिराटनगरमा पनि विभिन्न आँखा स्वास्थ्य सेवाको जनचेतना मूलक नाराका साथ करिब १५० जनाको सहभागितामा उक्त कार्यक्रम ¥यालि सहित सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष दृष्टि विशेषज्ञ संजीब कुमार यादबले जानकारी दिए ।

¥यालि महेन्द्र चौक देखि सुरु भएर पुरानो डि एस पी कार्यालय हुदै महेन्द्र चौकमा पुनः समाप्त गरिएको थियो ।
आँखाको नियमित परिक्षण गराउँ, आँखा रोगबाट टाढा बसौँ, दिनको २ घण्टा नानीबाबुहरुलाई घर बाहिर खेलाउँ, २०५० सम्ममा हुने दृष्टि दोषको महामारीबाट बचौँ जस्ता जनचेतनामूलक नारा लगाउँदै दृष्टि विशेषज्ञहरुले ¥यालि निकालेका थिए ।

कार्यक्रममा दृष्टि विशेषज्ञहरुका साथै नेत्र रोग विशेषज्ञ, नेत्र सहायक तथा अन्य वरिष्ठ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

¥याली पश्चात सहभागिाहरुले महेन्द्र चौकमा कोण सभा गरेका थिए । दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशको सल्लाहकार समेत रहेका श्री अमित कुमार सिंहले कार्यक्रमको सञ्चालन गरेका थिए भने कोण सभाको सभापतित्व संस्थाका अध्यक्ष श्री अजित कुमार ठाकुरले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिमा डा. प्रमोद गौतम तथा विशेष अतिथिमा नेत्र सहायकहरु श्री कुमुद झा तथा श्री दिपेन्द्र चौधरी ज्यूहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका निवर्तमान अध्यक्ष श्री पंकज राय अधिकारीले दिनु भएको थियो । शुभकामना मन्तव्य राख्दै नेत्र सहायक श्री कुमुद झा ले यो कार्यक्रम अतिनै सफल भएको तथा यस कार्यक्रमबाट दृष्टि विशेषज्ञहरुले जनसमुदायलाई आँखा जनस्वास्थ्यको जनचेतना फैलाउन साथ साथै आँखा स्वास्थ्य सेवामा आफुहरुको ठूलो योगदान पुर्याएको मन्तव्य व्यक्त गर्नुभयो।

संस्थाका उपाध्यक्ष श्री अमित मेहताले आँखा स्वास्थ्य सेवाको सबैलाई सुलभ हुनु पर्ने र यसमा दृष्टि विशेषज्ञहरुको भूमिका प्रमुख हुने कुराको जिकिर गर्नु भयो । त्यस्तै दृष्टि विशेषज्ञ अहिले विशिष्टीकृत सेवा तर्फ अग्रसर भएको तथा यस्ता विशिष्टीकृत सेवाले आँखा स्वास्थ्य सेवाको गुणस्तर अझ बढाउने विश्वास व्यक्त गर्नुभयो । दृष्टि विशेषज्ञ आँखा स्वास्थ्यका अरु मानव संसाधन संग हातेमालो गरी आँखा स्वास्थ्यका राष्ट्रिय समस्याहरुलाई न्यूनिकरण गर्न तत्पर तयार रहेको कुरा अभिव्यक्ति दिनुभयो ।

प्रमुख अतिथि नेत्र रोग विशेषज्ञ डा. प्रमोद गौतम ज्यूले दृष्टि विशेषज्ञ आँखा स्वास्थ्य सेवाको तिन स्तम्भ मध्ये एक स्तम्भको रुपमा रहेका तथा प्रायःजस्तै आँखा समस्याको प्रथम सेवा बिन्दु दृष्टि विशेषज्ञहरुले आफ्नो दायित्वहरु बुझ्नुपर्ने, उपचारका क्रममा आफ्नो अधिकार क्षेत्रका दायराहरुलाई निश्वित गरी आँखा स्वास्थ्य सेवाका अन्य प्राविधिक तथा नेत्र रोग विशेषज्ञ संग सहकार्य गरी अगाडि बढ्नुपर्ने सुझाव दिनु भयो।

अन्तमा यस कर्यक्रमको समापन गर्दै सभाध्यक्ष रहनु भएको श्री अजित कुमार ठाकुरले दृष्टि विशेषज्ञहरुले आफूले दिने सेवा प्रति समर्पित हुन अग्रसर गर्दै चिकित्सा सेवा अध्ययनशिल सेवा भएकोले हामी सबैले यस क्षेत्रमा भईरहने नयाँ शोधहरुलाई नियमित अध्ययन गर्नुपर्ने र यसले बिरामी सेवामा हाम्रो गुणस्तर बढाउनेको जिकिर गर्नु भयो ।

दृष्टि विशेषज्ञहरुलाई आँखा अस्पतालहरुमा सिप विकासको लागि ३ देखि ६ महिनाका तालिम पनि गराउन अनुरोध गर्नुभयो ।
उनले भने :- दृष्टि विशेषज्ञ आफ्नो सीप विकास तथा आँखा स्वास्थ्य सेवा विस्तारका लागि सबै तहका सरोकारबाला संग आग्रह गर्दछु तथा सबै संग सहकार्य गरी आँखा स्वास्थ्य सेवा नयाँ आयाममा पुर्याउन आग्रह गर्दछु।

कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गर्नुहुने दृष्टि विशेषज्ञहरु, प्रशासन प्रहरी तथा बिराटनगरबासि सहित सम्पूर्णमा धन्यबाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

सम्बन्धित समाचारसबै