विराटनगर ।
विराटनगरलाई सौन्दर्यकरण गर्न भन्दै लाखौ खर्चीएर बिरुवा रोपिए, तर बिरुवाको स्याहार नहुँदा कति बिरुवा मरी सके भने भएका बिरुवा हरुमा समेत सिंचाई नहुँदा मर्ने क्रममा रहेको छ ।
सडक डिभाइडरमा रोपिएका विरुवाको संरक्षण अभाव छ । संरक्षणको अभावमा धेरै विरुवा मरिसकेको भएपनी संम्बन्धीत निकाय बिराटनगर महानगरपालीका लाई कुनै वास्ता छैन । तर यतिबेला एउट सामाजिक क्षेत्रमा काम गर्दैै आइरहेको दर्शन नेपाल निःशुल्क अभियान विराटनगरले वृक्षरोपण शुरु गरेको छ । शनिबार मुख्यमन्त्री कार्यालय अगाडीबाट दर्शन नेपाल निःशुल्क अभियानले वृक्षरोपण शुरु भएको हो । कोराना कालबाट विभिन्न क्षेत्रमा निःशुल्क सेवा प्रदान गर्दै आइरहेको अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त अभियान सुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए ।

पहिलो चरणमा मुख्यमन्त्रीकार्यालय रोडसेस देखि बिराटनगर बरगाछि चौक सम्म रहेको डिभाइडरको बोट बिरुवा हरुलाई सिंचाई गर्ने र दाश्रो चरणमा बृक्षारोपण गर्ने अभियान रहेको छ । हरेक घर बाट बिराटनगर लाई सौन्दर्यकरण गर्न एउटा भएपनी बिरुवा रोप्न प्रोत्साहन गर्न यो अभियान संञ्चालन भएको अध्यक्ष ढकालले बताए । बिराटनगर महानगरपालीका को बिभिन्न स्थानमा बोटबिरुवा रोपीएको भएपनी उचित संरक्षण र सिचाई को अभाले बोटबिरुवा मर्ने गरेका छन् । तर सामाजीक संञ्जालमा चर्चा कमाउन बेला मौकामा बृक्षारोपण हुनेगरेको छ ।
