स्नेहको खोजी: सानो पंच कुन र उसको खेलौना आमा

0 Shares

एन्जु शिवाकोटी, विराटनगर ।
यतिबेला सामाजिक सञ्जालमा एक भिडियो तथा तस्बिर भाइरल भएको छ । उक्त भिडियो तथा तस्बिरमा एक सानो बच्चा बादर एक खेलाउनासँग खेलिरहेको तथा त्यसमा लुटुपुटु परेर सुतेको देख्न सकिन्छ । भाइरल भएको उक्त भिडियो पंच कुन नाम गरेको बेवी मङकीको हो ।जापानको इचिकावा सिटीको चिडियाघरमा एउटा सानो मकाक जातको बादर पंच कुन जन्मिनासाथै सबैको मन जित्दै आएको छ। २६ जुलाई २०२५ मा जन्मिएको पंच कुनको जन्मकालीन तौल केवल ५०० ग्राम थियो। आफ्नी आमाले प्रसवको थकान र गर्मीका कारण उसप्रति ध्यान दिन सकिन, र पछि स्वस्थ अस्विकार गरेपछि उ समूहमा एक्लो भयो।

साँच्चै अनौठो र मर्मस्पर्शी दृश्य तब देखियो, जब पंचकुनले आफ्नो आमाको स्नेहलाई अनुभव गर्न स्टफ्ड ओरांगुटान खेलौना ओरा आमालाई आफ्नो आमा सम्झेर अत्यधिक लगाव देखायो। चिडियाघरका आगन्तुकहरू हजारौंको संख्यामा पंच कुनको दृश्य हेर्न पुगे। खेलौनामा आमाको ममता र स्नेहलाई महशुस गरिरहेको सानो बादरको उक्त दृश्यले सबैको मनलाई छोयो । सहारा, भरोसा र मायाको अबोद स्पर्शले खेलौनालाई आमाको स्थान दिएर आमाको ममताको खोजी गरिरहेका ती आँखा हेर्नेको मन किन पो नरुलान र ।

विशेषज्ञहरूको अनुसार, मकाक बादरहरू बच्चा छाड्ने प्रक्रिया सामान्य हो। अनुभवहीनता, थकान वा शरीरमा ‘कॉर्टिसोल’ हॉर्मोनको उच्च स्तरका कारण बच्चा छोड्ने घटना हुन्छ। तर बच्चा बादरका लागि ‘टच कम्फर्ट’ अत्यावश्यक हुन्छ। अमेरिकी वैज्ञानिक हैरी हार्लोले १९५८ मा गरेको प्रयोगले यसलाई प्रमाणित गरेको थियो। तारको बनाईएको आमाबाट मात्र दूध पाएका बच्चा बादरहरूले नरम कपडाको नक्कली आमामा बढी समय बिताउँथे र डर लाग्दा तुरुन्त त्यसमा दौडन्थे।

पंचकुनको खेलौना  ओरा आमा प्रतिको लगावले  भावनात्मक आवश्यकतालाई देखाउँछ। १९ जनवरी २०२६ मा पंच कुनलाई ६० बादरहरूको समूहमा राख्दा अन्य बादरहरूले  व्यवस्था गरे। २० फेब्रुअरीमा एक मादा बादरले त उसलाई घिसार्दै परसम्म पुराएको दृयले पंच कुनलाई अझ ओरा आमा प्रतिको स्नेहलाई गाढा बनाएको छ ।

चिडियाघरका कर्मचारीहरूले पंच कुनको दिनचर्या सुधार्न काम गरिरहेका छन्। अब उसले कर्मचारीसँग अन्तरक्रिया बढाउँदै अन्य बादरहरूसँग पनि सामाजिक व्यवहार सिक्न थालेको छ। हल्का नोकझोक भए पनि नियमित अभ्यास र अनुभवले उसलाई समूहमा समायोजन गराइरहेको छ।

मकाक प्रजाति बुद्धिमान र सामाजिक रूपले सक्षम हुन्छन्। समूहमा स्पष्ट पदक्रम हुन्छ र बच्चाहरू ठुलाहरूबाट सिक्छन्। बाल सफा गर्ने, खेल्ने र निर्देशन पालन गर्ने गतिविधिबाट सामाजिक सम्बन्ध बलियो बनाइन्छ।

पंच कुनको कथा केवल एक सानो बादरको कथा होइनस यो मातृस्नेह, सुरक्षा, भावनात्मक लगाव र सामाजिक सम्बन्धको कथा हो। मानिस र पशुबीचको भावनात्मक समानता, प्रेम, डर, संवेदनशीलता र सहानुभूति सबै जीवमा देखिन सक्छ भन्ने सन्देश पंचले हामीलाई दिन्छ।

सम्बन्धित समाचारसबै