0
Shares
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। परिसरका डीएसपी प्रकाश जबेगुले सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
प्रसाईं यसअघि पनि फागुन ४ गते पक्राउ परेका थिए। त्यसपछि सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट रिहा भएका थिए।
प्रहरीले पछिल्लो पक्राउबारे थप अनुसन्धान भइरहेको जनाएको छ।