रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना : १ प्रहरीको मृत्यु, ६ घाइते

0 Shares

काठमाडौँ । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र मतदानमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ।

जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिएका छन्।

प्रहरी र स्थानीयबासीहरूद्वारा उद्धार कार्य भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित समाचारसबै