0
Shares
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीले प्रतिस्पर्धीभन्दा उल्लेखनीय अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार घण्टी चिन्ह लिएर चुनाव लडेका राजवंशीले ९ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार अमनलाल मोदीले तारा चिन्हमा २ हजार ५२ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १ हजार ७११ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले सूर्य चिन्हमा १ हजार ४४ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनामा रास्वपाका राजवंशीले अन्य प्रतिस्पर्धीभन्दा उल्लेखनीय मतान्तरसहित अग्रता कायम राखेका छन्।