काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो खाता खोलेको छ। उक्त क्षेत्रमा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी छन्।

प्राप्त मतपरिणामअनुसार दर्शानाले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

यद्यपि, रञ्जु दर्शना निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी रहेको छ।

सम्बन्धित समाचारसबै