सुनसरी–१ बाट हर्क साम्पाङ विजयी, धरानको मेयरबाट प्रतिनिधिसभा यात्रा सुरु

0 Shares

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरीको धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनले ठूलो मतान्तरले जित हासिल गरेका हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। यसरी उनीहरुबीचको मतान्तर ८ हजार ४९२ पुगेको छ।

सुनसरी–१ बाट उम्मेदवार बनेका नेकपा (एमाले)का टीकराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत मात्रै पाएका छन्।

साम्पाङ धरानको मेयरबाट राजीनामा दिएर दल खोल्दै राजनीतिमा आएका थिए। २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेर उनी धरानको मेयरमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचारसबै