प्रतिनिधिसभाको १५१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा सबैभन्दा अगाडि

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५१ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अब १४ क्षेत्रको परिणाम आउन बाँकी रहेको छ।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अघि देखिएको छ। उसले ११६ सिटमा विजय हासिल गरेको छ भने थप ९ क्षेत्रमा अग्रता कायम राखेको छ। यी क्षेत्रमा पनि जित हासिल गरेमा प्रत्यक्षतर्फ मात्रै रास्वपाको सिट संख्या १२५ पुग्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेसले हालसम्म १७ सिट जितेको छ। बाँकी क्षेत्रमा कांग्रेसले अग्रता कायम गर्न नसकेकाले उसको सिट संख्या यहीँमा सीमित हुने देखिएको छ। त्यसैगरी नेकपा एमालेले हालसम्म ७ सिट जितेको छ भने थप ३ क्षेत्रमा अग्रता कायम राखेको छ। यस आधारमा एमालेको सिट संख्या १० पुग्ने अनुमान गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले ६ सिटमा जित हासिल गर्दा १ क्षेत्रमा अग्रता लिएको छ।

यता श्रम संस्कृति पार्टीले २ सिट जितेको छ भने १ क्षेत्रमा अग्रता कायम राखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी म्याग्दीबाट महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुँदै प्रतिनिधिसभामा प्रवेश गरेका छन्।

सम्बन्धित समाचारसबै