चलचित्र पत्रकार संघ मोरङमा देवानको नेतृत्व: हुसेन सेख वरिष्ठ उपाध्यक्ष

0 Shares

चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रेम देवानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट ‘भित्रको खबर अनलाइन टेलिभिजन’का निर्देशक हुसेन सेख वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्।
त्यस्तै उपाध्यक्ष अनुज सापकोटा र पवन साह, सचिव: सन्तोष बास्तोला , सह-सचिव: सरिता कर्मकार अफताफ अली, कोषाध्यक्ष: कपलेस यादव गरी सदस्यहरूमा ‘भित्रको खबर’ अनलाइन टिभीकै दीक्षा राजवंशी र आस्मा राठी संगै दीपेन्द्र साह, सोनु शर्मा, जुगेश दास, सुभाष भण्डारी, शिव शंकर यादव, मीना श्रेष्ठ, आयुष यादव र नम्रता न्यौपाने चयन भएका हुन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नरेन्द्र बस्नेत, अभिषेक गिरी र वसिम आलमको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठक लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रियाका बीच मनोरञ्जनात्मक माहौल पनि देखिएको थियो। पछिल्लो समय चर्चामा रहेका ‘भाइरल निर्वाचन प्रहरी गायक’ इसाक राइनले आफ्ना गीतहरू प्रस्तुत गर्दै सहभागीहरूलाई मनोरञ्जन गराएका थिए ।

नयाँ कार्यसमितिको चयनसँगै मोरङमा चलचित्र पत्रकारिताको विकास, कला र कलाकारको प्रवर्द्धन तथा व्यावसायिक पत्रकारिताको जग अझ मजबुत हुने विश्वास लिइएको छ।

सम्बन्धित समाचारसबै