ईद मिलन २०२६ धनपालथानमा सम्पन्न, सामाजिक सद्भावमा जोड

0 Shares

“परिवर्तनका लागि एकता” को आयोजनामा धनपालथान गाउँपालिकामा ईद मिलन २०२६ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय इसराइल मन्सुरी उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा गयानन्द मण्डल, उपाध्यक्ष नशीमा बानु, समाज विकास समिति धनपालथानका संयोजक मोहम्मद हुसेन, समाजसेवी हसन अन्सारी, मनोज अग्रवाल, धनपालथानका पूर्व अध्यक्ष हरिलाल सिंह, प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडा, युवा नेता वासिम आलम तथा सशस्त्र प्रहरी गण मायागञ्जका डीएसपी शीतल श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता जीवछ प्रसाद गच्छदारले गरेका थिए। वक्ताहरूले ईद पर्वले समाजमा एकता, भाइचारा र सद्भाव बढाउने भन्दै सबै समुदायबीच सहकार्य र आपसी सम्मान आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमका अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूले एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम धनपालथान गाउँपालिकाको सहयोगमा आयोजना गरिएको हो।

सम्बन्धित समाचारसबै