विराटनगरका युवाद्वारा धार्मिक अराजकता विरुद्ध आवाज, CDO समक्ष ज्ञापनपत्र

0 Shares

विराटनगरका युवाहरूले धर्मको नाममा पछिल्लो समय देखिएका अराजक गतिविधि तथा द्वन्द्वका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि अस्वीकार्य रहेको स्पष्ट गरेका छन्। उनीहरूले विराटनगर सद्भाव, सहिष्णुता र आपसी एकताको सहर भएकाले यहाँ कुनै पनि प्रकारको धार्मिक उक्साहट तथा हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने बताएका छन्।

यसै सन्दर्भमा युवाहरूले आज प्रमुख जिल्ला अधिकारी (CDO) समक्ष ज्ञापनपत्र बुझाउँदै समाजमा शान्ति, एकता र सहिष्णुता कायम राख्न आवश्यक कदम चाल्न ध्यानाकर्षण गराएका छन्। ज्ञापनपत्रमार्फत युवाहरूले धार्मिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न प्रशासनले समयमै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्।

युवाहरूले विराटनगरलाई शान्तिपूर्ण र समावेशी सहरका रूपमा कायम राख्न सबै समुदाय, राजनीतिक दल तथा सरोकारवाला निकायलाई सहकार्य गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचारसबै