धनकुटामा सुमो दुर्घटना : एकको मृत्यु, १० घाइते

0 Shares

धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आइतबार बिहान करिब ८ः१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा छथर जोरपाटी–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो। घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २१ वर्षीय आशिष लिम्बूको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य घाइतेमा सुमो चालकसहित विभिन्न उमेरका यात्रु रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचारसबै