असोज ३० सम्म खाँदबारी–सभाखोला सडक बन्द

0 Shares

सङ्खुवासभा । खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ। करिब १७ किलोमिटर सडक कालोपत्रे तथा चौडा गर्ने कामका लागि असोज ३० गतेसम्म यातायात रोकिने भएको हो।

सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सडकमा यातायात सञ्चालनमा रोक लगाइनेछ।

निर्माण कम्पनीको आग्रहमा कामलाई समयमै सम्पन्न गर्न सडक बन्द गरेर स्तरोन्नतिको काम अघि बढाइएको कार्यालयले जनाएको छ।

बन्द अवधिमा अत्यावश्यक कामका लागि यात्रा गर्ने सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ।

सम्बन्धित समाचारसबै