लाइफ गार्ड हस्पिटल छाडेर अन्यत्र जानै चाहँदैनन् विरामी -BHITRAKOKHABAR-

0 Shares

विराटनगरको चिरपरिचित अस्पतालको रूपमा ख्याति कमाएको विराटनगर-५ स्थित लाइफगार्ड हस्पिटलमा सेवाग्राहीको भरोसा अटुट रहेको पाइएको छ ।

लाइफ गार्डमा हाललाई बीमा सुविधा छैन, तर पनि उपचार गर्न आउने विरामीको संख्या घटेको छैन । हस्पिटलमा उपचार लिन आउने विरामीको चापले नै लाइफ गार्ड हस्पिटलको लोकप्रियतालाई प्रमाणित गरेको छ । लाइफ गार्ड हस्पिटलमा पहिलो पल्ट उपचारका लागि आउने विरामीे चिकित्सक, स्वास्थ्यकर्मीबाट पाउने गुणस्तरीय उपचार सेवा एवं अपनत्वबाट यति प्रभावित छन् की उनीहरू अब अन्य कुनै अस्पतालमा जानै चाहँदैनन् ।

स्वाथ्य बीमा अन्तर्गत लाइफ गार्ड हस्पिटलबाट पहिले पनि उपचार सेवा लिई, निको भएर घर गएका विरामीहरु र आफन्तहरु हाल बीमा कार्यक्रम नभएको सुन्दा निराश भए पनि शुल्क तिरेरै पनि लाइफ गार्ड हस्पिटलमा नै उपचार गराई रहेका छन् भने बीमाबाट सेवा लिएका गरिब विरामीहरु अतिनै मार्कामा परी सेवाबाट बञ्चित समेत भएका छन् त्यस्ता विरामीहरुलाई हस्पिटलले विशेष छुटका साथ सेवा दिईरहेको छ ।

अपे्रशनबाट उपचार लिनु पर्ने कतिपय गरिब विरामीहरु लाईफ गार्डमा पुनः बीमा सुविधा सुरु हुने आसमा उपचार लिन कुरिरहेका पनी छन् । विरामीहरु प्रतिको अपनत्व, आत्मीयता र उत्कृष्ट उपचार प्रवाहका लागि यस हस्पिटलका विशेषज्ञ चिकित्सकहरु प्रसिद्ध छन् । लाइफगार्ड हस्पिटलको नाम सुनेर विरामीहरू टाढा टाढाबाट उपचारका लागि आउने गरेका छन् ।

गरिब विरामीलाई उपचारमा सहज होस् भनेर लाइफ गार्डले शिघ्र नै स्वास्थ्य बीमा सेवा पुनः नियमित गरिदिन संम्वन्धीत निकायलाई अनुरोध गरेको जनाएको छ । विशिष्टिकृत उपचार सेवा प्रवाह गर्ने १०० वेडको लाइफ गार्ड हस्पिटलले विरामीहरूको चापलाई ख्याल गर्दै थप विशेषज्ञ सेवाहरू संचालन गर्ने तयारी गरेको छ ।

अनुभवी र विशेषज्ञ चिकित्सकहरूबाट जनरल मेडिसिन, नवजात शिशु तथा बाल रोग, हार्डजोर्नी तथा नशा रोग, स्त्री तथा प्रशुती रोग, नाक, कान तथा घाँटी रोग, जनरल सर्जरी, युरो सर्जरी, म्याक्सिलोफेसियल सर्जरी, फिजियोथेरापी लगायतका सेवा सस्तो र सुलभ दरमा लाइफ गार्ड हस्पिटलमा संचालन भइरहेको छ । साथै लाइफ गार्ड हस्पिटलमा आइसीयु, एनआइसीयु र पीआइसीयु भेन्टिलेटर सहितको उपचार सेवा र चिरेर वा दुरबीन प्रविधिद्वारा साधारण र जटिल शल्यक्रिया उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारसबै