भेप कसरी बन्दै छ तस्करीको नयाँ आइटम-BHITRAKOKHABAR-

0 Shares

करिब दुई वर्षअघि तीव्र रुपमा आयात वृद्धि भइरहेको नयाँ आइटमले भन्सार विभागका अधिकारीहरुलाई चकित बनायो । त्यो थियो, इलेक्टिक चुरोट अर्थात् भेप ।त्यसबेला भेप प्रतिगोटा ३७ सेन्टको हाराहारी भन्सार मूल्यांकनमा आइरहेको थियो । त्यति सस्तो भन्सार मूल्यांकनमा आउन पाउने भएपछि वैधानिक रुपमा नेपालमा ठूलो मात्रामा भेप आयात भइरहेको थियो । तर, त्यो नेपालमा प्रयोग हुन्थ्यो कि हुँदैनथ्यो कसैलाई थाहा थिएन ।

भेपको अन्तर्राष्टिय मूल्यसमेत हेरेर भन्सार विभागले त्यसको मूल्यांकन एकैपटक ३ डलर पुर्यायो । त्यसमा पनि भेप आई नै रह्यो । करिब एक अर्ब त यसबाट राजस्व नै उठेको भन्सार विभागका एक अधिकारी बताउँछन् ।गत वर्षबाट विभागले भेपलाई दुई किसिमको मूल्य राखेर भन्सार मूल्यांकन गर्न थाल्यो । सस्तो ५ डलर प्रतिगोटा र महँगो ७ डलर प्रतिगोटा ।त्यसमा ४० प्रतिशत भन्सार, थप ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । त्यसो हुँदा भेप आयातमा सबै कर गरेर १ सय २१ दशमलप ४८ प्रतिहत लाग्ने भयो ।

भन्सारमा प्रतिगोटा ७ डलर आयात मूल्य तोकेर ८ रुपैयाँ ५० पैसा कर लिन थालेपछि भने वैधानिक आयात स्वात्तै घट्यो । र, त्यो तस्करीका माध्यमबाट भित्रन थाल्यो ।त्यसरी तस्करी भएर भित्रिएको भेपको नेपालमा उपभोग अत्यन्तै कम भएको भन्सार अधिकारीहरु बताउँछन् ।भारतमा भेप प्रतिबन्धित भएकाले् यहाँबाट तस्करी भएर भारत प्रवेश गर्ने गरेको उनीहरुको भनाइ छ ।हालै राजस्व अनुसन्धान विभागले दुई ठाउँबाट एक लाखभन्दा बढी भेप बरामद गरी तस्करीमा संलग्नहरुमाथि गरिरहेको अनुसन्धानले पनि त्यही कुरा बताउँछ ।

नेपालको भूमिलाई ट्रान्जिट बनाएर भारतमा भेप इलोक्ट्रिक चुरोट तस्करी भइरहेको कुरालाई यसले पुष्टि गर्छ ।ठूलो मात्रामा भेप बरामद भएपछि त्यसको गन्तव्यको बारेमा समेत अनुसन्धान गर्दा भेपको बजार भारतमा रहेको खुलेको विभाग एक अधिकृतले बताए । ‘नेपालमा अहिले नै यति ठूलो मात्रामा भेपको बजार छैन । शहरी क्षेत्रका केही युवायुवती यसका प्रयोगकर्ता भए पनि अन्य भू–भागमा भेपको माग छैन’ एक अधिकृतले भने, ‘जसकारण नेपालको भूमि प्रयोग गरेर भेप भारतर्फत तस्करी गर्न लागेको देखिन्छ ।’

 

सम्बन्धित समाचारसबै