मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले कम्पनीको रेबन स्मार्ट चस्माको बिक्रीका विषयमा जानकारी प्रदान गरेका छन् । उनका अनुसार गत वर्ष सन् २०२४ मा कम्पनीले १० लाखभन्दा धेरै रेबन स्मार्ट चस्मा बिक्री गरेको छ ।विश्वका विभिन्न क्षेत्रहरुमा अझैसम्म पनि बजारमा नआइसकेको अवस्थामा बिक्रीको यो संख्या कम्पनीका लागि एक ठूलो सफलताको रुपमा रहेको बताइएको छ ।
जुकरबर्गले स्मार्ट चस्माका लागि यो वर्ष सन् २०२५ को लक्ष्य पनि तय गरिसकेका छन् । जुकरबर्गले भनेका छन् मलाई थाहा छ हाम्रा लागि एउटा सवाल यो हो कि के हामी यो वर्ष १० लाख बाट २० लाखको बिक्री गर्नेछौं रु के हामी १० लाखदेखि ५० लाखसम्म पुग्न सक्दछौं।कम्पनीले रे बन स्मार्ट चस्मा पहिलोपटक सन् २०२३ मा लन्च गरेको थियो । तत् पश्चात् यसमा लगातार नयाँ फिचरहरु अपडेट्सको माध्यमबाट थप गरिएको छ । यो चस्मा मल्टिमोडल एआईयुक्त रहेको छ ।
हामीले देखिरहेको, सुनिरहेको तथा पढिरहको लगायतका सबै कुरालाई यसले प्रोसेस गर्दछ । यसमा लाइभ एआई ट्रान्सलेसनको सुविधा पनि रहेको छ । यो चस्मामा क्यामरा रहेको छ, जसले लाइभ भिडियो तयार गरिदिन सक्दछ । यसका अलावा तपाईंले यो चस्मालाई ब्लुटुथसँग कनेक्ट गरेर फोन कल तथा अन्य काममा समेत प्रयोग गर्न सक्नुहुन्छ ।
जुकरबर्गले भनेका छन्ः हामीले यो विधाको अन्वेषण गरेका छौं र हाम्रो प्रतिस्पर्धा अहिलेसम्म अगाडि आएको छैन ।मेटा कम्पनी छिटै नै यो विधामा आफ्नो नयाँ प्रडक्ट समेत लन्च गर्ने तयारीमा छ । उसले यसवर्ष नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्न सक्दछ, जसमा थप नयाँ फिचर्स हुनेछन् ।साथै मेटाले विश्वका थप देश तथा क्षेत्रहरुमा समेत आफ्ना प्रडक्ट लन्च गर्नेछ ।