जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरणा दिने बताएका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ । जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।’

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको उनले उल्लेख गरेका छन् ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ रहिरहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारसबै