१० लाख भारतीय रुपैयाँको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि बलिउड अभिनेता सोनु सूदले यस मुद्दामा आफू प्रत्यक्ष रूपमा संलग्न नभएको स्पष्ट पारेका छन्।सोनु सूदले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट पक्राउ पुर्जी बारेमा स्पष्टीकरण दिँदै लेखेका छन्, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा आउने समाचारहरू धेरै सनसनीपूर्ण छन्। सम्माननीय अदालतले हामीलाई तेस्रो पक्षसँग सम्बन्धित मुद्दामा साक्षीको रूपमा बोलाएको छ, जससँग हाम्रो कुनै सरोकार छैन।
’उनी अगाडि लेख्छन्, ‘हाम्रा वकिलहरूले त्यो पत्रको जवाफ दिएका छन् र म फेब्रुअरी १० मा मेरो बयान रेकर्ड गर्नेछु, जसमा म स्पष्ट पार्नेछु कि यस मुद्दासँग मेरो कुनै सम्बन्ध छैन। हामी न त यसको ब्रान्ड एम्बेसडर हौं न त हामी यससँग अन्य कुनै तरिकाले सम्बद्ध छौँ। यो सबै मिडियाको ध्यान र जनताको ध्यान खिच्नको लागि मात्र भइरहेको छ। सेलिब्रेटीहरू सफ्ट टार्गेट बन्नु धेरै दुःखद कुरा हो।’यो मामिला बहु(स्तरीय मार्केटिङसँग सम्बन्धित छ।
हालै, लुधियानाका वकिल राजेश खन्नाले जुलाई २०२३ मा मोहित शुक्ला नामक व्यापारी र उनको कम्पनीविरुद्ध उजुरी दर्ता गरेका थिए। मोहितले मार्केटिङको नाममा ठगी गरेको र त्यसपछि पैसा फिर्ता गर्न अस्वीकार गरेको आरोप छ अनुसन्धानको क्रममा सोनु सूदको नाम पनि यस मुद्दामा जोडियो। रिपोर्टका अनुसार सोनु आरोपीको कम्पनीको ब्रान्ड एम्बेसडर थिए।
यही कारणले गर्दा उनलाई मुद्दामा बयान दिन बोलाइएको थियो।बारम्बार बयानका लागि पत्र पठाइए पनि उनीअदालतमा उपस्थित नभएको खबर आएको थियो । जसका कारण उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।