भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु -BHITRAKOKHABAR

0 Shares

सिन्धुलीमा भैंसीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैंसीले हानेर ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरा फडिन्द्रको गोठमा बाँधेको भैँसीलाई घाँस हाल्न जाँदा भैँसीले किला भाँचेर गोपाललाई हानेको थियो ।

फडिन्द्रले भैँसीले हानेर बुवाको मृत्यु भइसकेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै