एमाले मोरङ अधिवेशन: अध्यक्षमा राई र ओझाबीच टक्कर-BJITRAKOKHABAR-

0 Shares

नेकपा (एमाले)को दसौं जिल्ला अधिवेशन अन्तर्गत बुधबार सम्पन्न मतदानको मतगणना जारी छ।शुक्रबार बिहानसम्म ४३९ मत गनिसक्दा अध्यक्षका दुई उम्मेदवारहरू अजम्बर राई र राजकुमार ओझाबीच कडा प्रतिस्पर्धा देखिएको छ।

राईले २२५ मत ल्याएका छन् भने ओझाले २०२ मत ल्याएका छन्।

उपाध्यक्षमा सागर थापाले २२८ र शान्तिकुमारी लिम्बूले १८२, सचिवमा सोमराज थापाले २३० र रविन थापाले १८०, उपसचिवमा सन्तोष वान्तवाले २३९,इर्जालाल राजवंशीले १६३, शिल्पा कार्कीले २०७ र उषा झाले २०४ मत ल्याएका छन्।

विराटनगरमा जारी एमाले मोरङको १० औं अधिवेशनमा राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा दुइटा प्यानल छ।

अध्यक्षका दुई उम्मेदवारमध्ये प्रदेश पूर्वसांसद ओझाले संस्थापन पक्षको प्रतिनिधित्व गर्छन्। उनलाई कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुसंख्यक स्थायी कमिटी सदस्यको साथ छ।

अध्यक्षमै उम्मेदवार बनेका जिसस मोरङका प्रमुख अजम्बर राईलाई नेता विनोद ढकालको समर्थन छ।

ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्की छन्।

सम्बन्धित समाचारसबै