सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारसबै