पत्रकार सविना कार्कीको आँखाको अवस्थाबारे के भन्छिन् तिलगंगाकी चिकित्सक ?

0 Shares

काठमाडौं । शिक्षक आन्दोलनमा भएको झडपका क्रममा पानीको फोहोरा लागेर आँखामा चोट लागेकी पत्रकार सबिना कार्कीको आँखाको भिजन एकदमै कम रहेको चिकित्सिकले बताएका छन् ।

उपचार संलग्न डा. शिवान्सी श्रेष्ठका अनुसार चोटका कारणले आँखा भित्री पर्दाको अवस्था देख्न नसकिएको बताइन् । जसले गर्दा भिजन र भित्री पर्दामा के कति चोट छ भनेर यकिन गर्न नसकिएको उनको भनाइ छ ।

बाहिरी देखिएका चोट र रगत सुन्निएको अवस्थालाई कम गर्न औषधि प्रयोग गरिएको र कम भएपछि मात्रै सर्जरीको प्रक्रिया अघि बढ्ने डा. श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

सम्बन्धित समाचारसबै