२० वर्षबाट ‘नघटाउने’ विवाहयोग्य उमेर तर अन्य कानुनी व्यवस्थामा धेरै फेरबदलको तयारी

0 Shares

काठमाडौँ- विवाहका लागि योग्य हुने उमेर घटाउन आवश्यक रहेको भन्दै भएको लामो बहसपछि सरकारले त्यसमा पुरानै २० वर्षको व्यवस्था कायम रहने गरी प्रस्ताव अगाडि बढाएको छ।

तर त्योभन्दा कम उमेरमा हुने विवाहका हकमा हुने सजायलाई कम गर्दै यसअघि देखा परेका “व्यावहारिक कठिनाइ” कम गर्न खोजिएको अधिकारीहरूले बताएका छन्।

उक्त मस्यौदा कानुनमा १६ वर्ष उमेर पुगेपछि भएका विवाहको हकमा वैधता कायम राख्नका लागि समेत उपायहरू प्रस्ताव गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ।

“यसले १६ वर्ष काटेपछि हुने विवाहलाई ठिक भनेकै छैन, मात्र सजाय कम गरेको छ,” मन्त्रालयका प्रवक्ता कोमलबहादुर खत्रीले भने।

“विवाह गर्ने उमेर २० वर्षपछि हुने भन्ने कुरा मस्यौदामा स्पष्टसँग लेखिएको छ। अन्यका हकमा सजाय कम गरेर यौवन उमेरका केटाकेटीको भविष्य बर्बाद नहोस् भन्ने उद्देश्य राखिएको छ।”

सम्बन्धित समाचारसबै