हेटौंडामा जमिनमुनि भासिएको बोलेरो १९ दिनपछि भेटियो 

0 Shares

हेटौंडा – बैशाख १९ गते शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीको पार्टपुर्जा  मंगलबार १९ दिनपछि फेला परेको छ । उक्त वडाका वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा खोजी कार्य भएपश्चात उक्त बोलेरो गाडीको पार्टपूर्जा भेटिएको हो।

गाडी हराएको छैटौं दिनसम्म पनि फेला नपरेपछि अध्ययन गर्न पुगेको Geologist टोली सुरक्षाका कारण देखाउँदै नतिजाबिहीन अवस्थामा फर्किएको थियो ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च ४८३३ नम्बर माछा बोक्ने सिंगल क्याप बोलेरो दिउँसो  करिब १ बजे जमिनमा भासिएपछि बेपत्ता भएको थियो ।

सम्बन्धित समाचारसबै