काठमाडौँ — वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ ।
स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ कार्यविधि जारी गरेको हो ।
कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ । ‘गलत रिपोर्ट, फर्जी मेडिकल जाँच तथा अपारदर्शी प्रक्रियाका कारण धेरै नेपाली श्रमिक समस्यामा परेको गुनासोहरू आइरहेका छन् ।
\यसलाई नियन्त्रण गर्न स्वास्थ्य परीक्षणलाई कडाइ गरिएको हो,’ श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले इकान्तिपुरलाई भने, ‘सरकारको यो कदमले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न सुनिश्चित गर्छ । मन्त्रालयले यसलाई प्रभावकारी कार्यान्वयनमा लैजान बलियो संयन्त्र बनाएको छ ।’