विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ मा १ दिने निशुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना भएको छ ।
वडा न. ५ मा रहेको स्वाथ्य कार्यलय र गोल्डेल अस्पतालको प्रविधिक सहयोग बाट सो शिविर गरिएको हो । शिविरमा वरिष्ट फिजिसिएन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रक्रिति आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव लगायत अन्य स्वास्थकर्मी गरि १० जनाको टिमको सहभागितामा रहेको थियो ।
विहान ९ बजे देखि सुरु गरिएको नि शुल्क स्वास्थ शिविरमा उपचार सहित औषधी वितरण , ब्लड सुगर चेक जाँच पनि गरिएको गोल्डेन अस्पतालका प्रवन्धक सुधिर सिहं राठौरले जानकारी दिए । शिविरमा वडा न. ५ सहित अन्य वडाका मानिसहरुको पनि उपस्थिती रहेको उनले जानकारी दिए । उपचार गर्नेको संख्या ५५५ जना रहेको छ र त्यस माध्ये महिला र बच्चा ४७५ जना रहेको राठौरले जानकारी दिए । उपचार गर्नको लागि वृद्धहरुको संख्या धेरै रहेको छ र विषेश गरि ओषधी र हाडजोर्नीको चेकजाँच गर्नेको संख्या धेरै रहेको उनले बताए ।
गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।
फोटाहरु :-
