तिजमा नाचे दूतावासका कर्मचारीहरू

0 Shares

काठमाडौँ । नेपालमा रहेका कतिपय दूतावास र कूटनीतिक नियोगका कर्मचारीहरूले तिज मनाएका छन् ।

नेपालस्थित बेलायती दूतावासले दूतावासभित्रै एक कार्यक्रमको आयोजना गरी धूमधामका साथ तिज मनाएको छ । त्यस्तै नेपालस्थित अमेरिकी नेपालस्थित बेलायती राजदूत रोब फेननले तिजका अवसरमा त्यहाँका महिला कर्मचारीहरूले गरेका नाचगानको तस्बिर तथा भिडियो सार्वजनिक गर्दै शुभकामना दिएका छन् । दूतावासले हिजो दर खाने कार्यक्रमको समेत आयोजना गरेको थियो । दूतावासले पनि तिज पर्व धूमधामका साथ मनाएको छ ।

अमेरिका दूतावासले गरेको तिज कार्यक्रममा अमेरिकी दूतावासका महिला कर्मचारीहरूले रातो साडी लगाएर नाचगान गरेका थिए । अमेरिकी राजदूत डिन आर. थम्सन पनि महिलाहरूको साथमा नाचेका थिए । दूतावासले हिजो दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।

यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले तिजको अवसरमा आज शुभकामना दिएका छन् । तीजको उपलक्ष्यमा कुनै कार्यक्रम नगरेपनि भारतीय दूतावासले समेत शुभकामना व्यक्त गरेको छ ।
सम्बन्धित समाचारसबै