0
Shares
विराटनगर — विराटनगर महानगरपालिका–११ मा मंगलबार राति एक पुरुषको ज्यान गएको छ।
मोरङ प्रहरीले जनाएको अनुसार ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल आफ्नै तीन तले घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए। राति करिब ११:४५ बजे घटना भएको हो। परिवारका सदस्यले तत्काल उद्धार गरी उनलाई विराट नर्सिङ होम पुर्याएका थिए तर चिकित्सकहरूले अस्पतालमै मृत घोषणा गरेका हुन्।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पौडेल कसरी खसे भन्ने कुरा प्रष्ट भएको छैन। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।