६ महिना कैद भुक्तान गर्न बाँकी रहेका कैदी भक्तपुरबाट पक्राउ ||

0 Shares

काठमाडौँ । जेनजी प्रदर्शनमा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भएका २२ वर्षीय देवबहादुर बस्नेत ‘विष्णु’ छन् ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शुक्रबार बिहान भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको हो । लागुऔषध मुद्दामा उनलाई अदालतले २ वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कारागारको रेकर्डअनुसार उनले ६ महिना कैद भुक्तान गर्न बाँकी छ ।

सम्बन्धित समाचारसबै