मुस्लिम समाज मोरङद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र: मदरसा शिक्षा बोर्ड गठनको माग

0 Shares

मुस्लिम समाज मोरङले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड तत्काल गठन गर्न जोडदार माग गरेको छ। संगठनले ३० दिनभित्र माग पूरा नभए थप कदम चाल्ने चेतावनीसहित मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो।

कोशी प्रदेशमा मुस्लिम समुदायको जनसंख्या करिब ४ लाखभन्दा बढी रहेको र मोरङ, सुनसरी, उदयपुर, लगायत जिल्लाहरूमा लगभग ३५० मदरसा, मकतब तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको पत्रमा उल्लेख छ। यी संस्थाहरूले मुस्लिम बालबालिकाहरूलाई धार्मिक, आधुनिक एवं राष्ट्रिय पाठ्यक्रम अनुरूपको शिक्षा प्रदान गर्दै आइरहेका छन्।

ज्ञापनपत्रमा उठाइएका मुख्य समस्याहरू:
ज्ञापनपत्रले हाल मदरसा शिक्षा क्षेत्रमा देखिएका गम्भीर समस्याहरूलाई औँल्याएको छ:

१. नीतिगत अस्पष्टता: मदरसाहरूको दर्ता, नियम र गुणस्तर नियन्त्रणमा एकरूपता छैन।
२. वितरणमा असमानता: सरकारी अनुदान, शिक्षा तालिम र पाठ्यक्रम वितरणमा अपर्यायपूर्ण असमानता कायम छ।
३. शैक्षिक पहुँचमा बाधा: मुस्लिम बालबालिकाहरूको आधुनिक शैक्षिक अधिकार संरक्षणमा बाधा पुगेको छ।
४. स्थानीय तहको बेवास्ता: स्थानीय तहहरूले पनि स्पष्ट नीतिगत आधार र सहयोग गर्न असर्मथ छन्।
५. सामुदायिक असन्तुष्टि: मुस्लिम समुदायमा राज्यप्रति ठूलो असन्तुष्टि र निराशा उत्पन्न भएको छ।

समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरस्सा शिक्षालाई मूलधारमा ल्याउने नीति प्रदेश सरकारले अघि सार्नुपर्ने उहाँहरुले बताउनुभएको छ। उहाँहरुले ज्ञापनपत्रमा विभिन्न पाँचवटा माग राख्नुभएको छ। ज्ञापन पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको माग आफूले गम्भीर रुपमा लिएको र त्यसलाई सम्बोधन गर्नका लागि प्रयास गर्ने बताउनुभयो। उहाँले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको चर्चा गर्दै प्रदेश सरकार सबै धर्म संस्कृतिको रक्षा गर्न प्रतिबद्ध भएको उल्लेख गर्नुभयो।

ज्ञापनपत्र :- 

 

सम्बन्धित समाचारसबै