ईटा पोल्न सरकारले लगाएको टाइम कार्ड नीति कोशीका लागि अव्यवहारिक भएको उद्योगीको गुनासो

0 Shares

विराटनगर । भारतले कोइला निर्यातमा रोक लगाएपछि अमेरिकाबाट आयात गरिएको
महंगो कोईला प्रयोग गर्नुपरेको र सरकारले उत्पादनमा टाईम कार्ड
लागुगरेको वहाना बनाउदै कोशीका शहर बजारमा ईटाको कृत्रिम मुल्य
बृद्धि भएको छ ।
भारतले कोईला आयातमा रोक लगाएपछि अमेरिकाबाट आयात भएको
महंगो कोइला प्रयोग गर्नुपर्दा उत्पादन लागत बढेको र सरकाले जाडो
याममा माघभन्दा अगाडी मंसिर र पुस महिनामा ईटा पोल्न प्रतिबन्ध
लगाएको बहानामा कोशीका बजारमा सिमित उद्योगी र व्यपारिहरुले मिलेर
ईटाको कृत्रिम मुल्य बृद्धि गराएका हुन् ।
सार्वजनिक निकायदेखी सर्वसाधारणहरुले निर्माण कार्य गर्ने पिक सिजनको
फाइदा उठाउदै अहिले कोशीको मोरङ, सुनसरी र झापाका शहर
बजारहरुमा ईटाको मुल्य प्रतिगोटा २ देखी ३ रुपैया बृद्धि गरिएको छ ।
हाल बजारमा सरकारको टाइम कार्ड निर्णयको बहानामा उद्योगहरुबाट
नयाँ ईटा उत्पादन नहुँँदा निर्माण गर्ने मुख्य सिजनमा बजारमा कृत्रिम
अभाव सृजना भएको छ । हाल कोशीका शहर बजारमा दुई महिना अघिसम्म
प्रतिगोटा १८ देखि १९ रुपैयाँमा पाइने इँटाको मुल्य अहिले २२
रुपैयाँ पुगेको छ ।

तर ईटा उद्योगीहरुले चाँही सरकारले चिम्नी फायरिङ गर्न लगाएको
टाइम कार्डकै कारण ईटाको अभाव नभएको बताउँछन । बजारमा छोटो
अवधिमै प्रतिगोटा ३ रुपैयाँसम्म मुल्य बढ्नुमा बजारमा कृत्रिम अभाव
सृजना गरिएको हुनसक्ने उद्योगीहरुको भनाई छ । ईटा उद्योगी
व्यवासायी संघ कोशीका अध्यक्ष खगेन्द श्रेष्ठ टाइम कार्डकै कारण मंसिर
मसान्तदेखी पुससमहिना भरि ईटा फायरिङ गर्न नपाउदैमा बजारमा
ईटाको अभावन नहुने बताउँछन् । उनका अनुसार हाल ईट
उद्योगीहरुसँग पहिले नै उत्पादन गरिएका ईटाहरु प्रशस्त छन् । अध्यक्ष
श्रेष्ठ भन्छन ‘उद्योगीहरुसँग पहिले नै उत्पादन भएका ईटा प्रशसस्त
भएकोले कुनै अभाव छैन कसैले कृत्रिम अभाव सृजना गरेको भए सरकारले
अनुगमन गरेर कारवाही गनुपर्छ ।’
व्यपारीहरुका अनुसार कोइलाको मुल्य बृद्धि भएपछि गतबर्षदेखी नै
कोशीमा ईटाको मुल्य बृद्धि भएको थियो । अझ टाइमकार्डको
बहानामा चालु बर्षको मंसिरदेखी नै बजारमा ईटाको मुल्य बृद्धि भएको
छ । व्यापारिहरुे चाँही ईटाभट्टाहरुले नयाँ ईटा उत्पादन नभएको र
क्राइसिस भएको भन्दै अर्डर अनुसारको ईटा पठाइदिन छाडेकोे
आफैले उद्योगमा पुगेर ढुवानी गरेर ल्याउनुपर्ने बाध्यता सुरु भएको
बताउँछन् ।
सरकारले बायु प्रदुषण नियन्त्रण गर्ने भन्दै इँटा उत्पादनको समयमा
जाडो यामको माघ महिनासम्म ‘टाइम कार्ड’ लगाएकोले कोइला
आयातमा मुल्यबृद्धिको सास्ती खेप्दै आएका ईटा उद्योगीहरु समस्यामा
परेका हुन् ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा इँटा व्यवसायी भीम
घिमिरेका अनुसार भारतले सुप्रिम कोर्टको आदेशपछि कोइला उत्खनन गर्न
नपाउँदा तीन बर्ष अघिदेखी निर्यातमा रोक लगाएको छ । भारतको कोईला
आयात बन्द भएपछि कोइलाको मुल्य अहिले आकासिएर प्रतिटन ३२ हजार

देखि ३४ हजार रुपैयाँसम्म पुगेको छ । जसले ईटा उद्योगीहरुले बढदो
उत्पादन लागतको मार खेप्नुपरिरहेको छ । उनका अनुसार इँटा पोल्ने
प्रमुख इन्धन कोइला पहिले १ पुस देखि १८ हजार रुपैयाँ प्रतिटनमा
पाईन्थ्यो । एक लाख इँटा पोल्नका लागि २० मेट्रिक टन कोइला
आवश्यक पर्छ । कोशी प्रदेशमा ६५ इँटा उद्योगहरूले बार्षिक २५
करोड बढी एक नम्बर ईटा उत्पादन गर्नेगर्छन् ।
सरकारको टाईम कार्ड कोशीका उद्योगीका लागि अब्यहारिक
सरकारले उत्पादन समयमा ‘टाइम कार्ड’ लगाएपछि भौतिक निर्माण कार्य
हुने मुख्य सिजनमा उद्योगहरुले इँटा पोल्न पाएका छैनन । जसले गर्दा
कोशीका ईटा उद्योगहरुकमा कारोवार हुने माघ महिनासम्मको पिक सिजनमै
ईटा पोलेर उत्पादन गर्न नपाएछि साना उद्योगहरु मरमा परेका छन ।
ईटा उद्योगी व्यवसायी सव्ंघ कोशीका अध्यक्ष खगेन्द्र श्रेष्ठले सरकारले
लागु गरको उत्पादन टाइम कार्ड नीति देशभरका लागि व्यवहारिक नभएको
बताउँछन् ।
ईटा उद्योगीहरुका अनुसार उद्योग मन्त्रालय अन्तर्गतको वातावरण समितिले
काठमाडौं उपत्यकाको प्रदुषणलाई आधार मानेर देशभरका इँटा
उद्योगहरूलाई १माघ भन्दा अगाडी इँटामा आगो लगाउन (फाइरिङ
गर्न) रोक लगाएको छ । तर यो नीतिले कोशी प्रदेशको तराईका जिल्लाहरु
झापा , मोरङ र सुनसरीमा रहेका साना ईटा उद्योगहरुका लागि अव्यावहारिक
भएको छ । ठुला उद्योगहरुले भने माघदेखी एकैचोटी धेरैवटा चिम्नी
फयरिङ गरेर धेरै ईटा उत्पादन गर्नसक्छन् । तर एउटा मात्र चिम्नी भएका
उद्योगहरुले भने मंसिर र पुष महिनाभरि ईटा पोल्न नपाउँदा
उनीहरुको उत्पादन घटछ । यसैले टाइम कार्डको फाइदा उठाउदै
केही उद्योगीहरुले व्यपारिहरुसँग मिलेर सिण्डिकेट बनाएर ईटाको कृत्रिम
मुल्य बृद्धि गराएका छन् ।

काठमाडौंको कचौरा जस्तो भौगोलिक बनावट र तराईको खुल्ला
फाँटलाई एउटै डालोमा राखेर हेर्दा ईटा उद्योगहरुले मारमाथि मार
सहनुपरेको उद्योगीहरुको गुनासो छ । ईटा उद्योगी भिम घिमिरे भन्छन
‘जहाँसम्म जाडो याममा बायुमण्डलबाट प्रदुषण पास हुदैन भन्ने तर्क
छ त्यो काठमाण्डौ उपत्यकाको हकमा ठिक भएपनि तराईको हकमा बेठिक
भएको उद्योगीहरुको भनाई छ । किनभने तराईमा प्रदुषण जाडो
याममा पनि सजिलै पास भएर जान्छ । काठमाण्डौमा जस्तो सवारी र
कलकारखानाहरुको अत्यधिक प्रदुषण जाम भएर तराईमा बस्दैन । ’तर ईटा
उद्योगी र बाणिज्य महासंघको समेत सहमतिमा सरकारले यो निर्णय गरेकोले
कोशीका ६५ वटा ईटा उद्योगहरु सरकारी निर्णय मान्न बाध्य छन ।
सरकारले भौगोलिक अवस्था हेरेर सबैलाई एउटै डालोमा नराखी पक्षपाती
नीति ल्याउनुपर्ने र कोइला आपुर्तिको विकल्प सहज बनाउन गनुपर्ने
ईटा उद्योगीहरु बताउँछन् । उद्योगी खगेन्द्र श्रेष्ठ भन्छन् ,’ पिक
सिजनमा नै उत्पादनमा रोक लगाउने गरि सरकारे लागु गरेको टाइम कार्ड
व्यवहारिक छैन यो नीतिमा सरकारले हेरफेर गनुपर्छ ।’

सम्बन्धित समाचारसबै