बंगलादेशमा हिंसा चर्किँदै: एनसीपी नेता सिकदरमाथि गोली प्रहार

0 Shares

भित्रको खबर
विराटनगर,७ पुष

बंगलादेशमा राजनीतिक हिंसा थप चर्किएको छ । नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरमाथि गोली प्रहार भएको छ । खुलना जिल्लाको सोनाडांगा क्षेत्रमा आयोजित एक र्‍यालीका क्रममा अज्ञात व्यक्तिले उनीमाथि गोली हानेका हुन् ।

आक्रमणमा सिकदरको टाउकोको बायाँ भागमा गोली लागेको छ । उनलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार सिकदरमाथि ‘गलत तत्त्व’ले आक्रमण गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि १० दिनअघि शरीफ उस्मान हादीको हत्या भएपछि बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएको छ ।

एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको आन्दोलनपछि गठन गरिएको पार्टी हो । यस पार्टीमा हसिनाविरुद्ध आन्दोलन गर्ने समूहका नेताहरू तथा ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थी आबद्ध छन् । एनसीपीले बंगलादेशमा पहिलोपटक चुनावमा भाग लिँदैछ ।

 

सम्बन्धित समाचारसबै