जेनजी आन्दोलनको छानबिनका लागि ओली र लेखकको बयान लिन आयोगको तयारी

0 Shares

काठमाडौँ – जेन जी आन्दोलनका क्रममा भदौ २३–२४ गते भएका घटनाको छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगले उनीहरूलाई पत्र पठाएर २–३ दिनको भित्रमा बयानका लागि उपस्थित हुन आग्रह गर्नेछ। आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार पत्र आजभोलि नै पठाइने तयारी भइरहेको छ।

पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा आफू बयान दिन नजाने बताइसकेका छन्। यसअघि राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगर प्रमुख बालेन शाह लगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ।

सम्बन्धित समाचारसबै