जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो

0 Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आज (मंगलबार) लेखकलाई आयोगमा उपस्थित हुन पत्र पठाइएको हो । पत्रमा सात दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।

आन्दोलनका समयमा प्रशासन र सुरक्षा निकायको नेतृत्व सम्हालेका व्यक्तिहरूको बयान सकिएपछि आयोगले राजनीतिक नेतृत्वसँग बयान लिन सुरु गरेको जनाएको छ । यसै क्रममा पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको हो ।

सम्बन्धित समाचारसबै