0
Shares
काठमाडौँ । अभियन्ता निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका छन्। उनले गएराति १० बजेदेखि राजधानीको माइतीघरमा अनसन थालेका हुन्।
जेनजी अभियन्ता अजय सोडारीका अनुसार वर्तमान सरकारले जेनजी आन्दोलनको माग र भावनाअनुसार काम नगरेको भन्दै भुसालले अनसन सुरु गरेका हुन्।
यसअघि पनि जेनजी समूहले सरकारविरुद्ध माइतीघरमा निरन्तर आन्दोलन गर्दै आएको छ। मिराज ढुंगानाको नेतृत्वमा रहेको संयुक्त जेनजी आन्दोलनले सरकारका निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिरहेको छ।
भुसाल यस आन्दोलनमा पहिलेदेखि सहभागी हुँदै आएका थिए। जेनजी आन्दोलन थप सशक्त बन्दै गएपछि उनले आमरण अनसनको बाटो रोजेको अभियन्ताहरूले बताएका छन्।