नयाँ नेतृत्वका लागि नयाँ शक्ति एकजुट हुनुपर्छ: कुलमान घिसिङ

0 Shares

विराटनगर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफू राजनीतिबाट पछि हट्ने सोचमा नरहेको स्पष्ट गरेका छन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिहरू एकजुट भएर अघि बढ्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफ्नो १ सय दिनको काम सार्वजनिक गर्दै भने, “म मन्त्री बनेसँगै राजनीतिमा पनि प्रवेश गरेको हुँ। अहिले मन्त्रीको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको छु। उपयुक्त समयमा चुनावका विषयमा आवश्यक निर्णय लिन्छौँ।”

उनले आगामी निर्वाचनमार्फत सक्षम र नयाँ नेतृत्व ल्याउने लक्ष्य रहेको बताए। देशमा स्थायी परिवर्तनका लागि नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

“अब चुनावमा जाने निश्चित भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एकमत छौँ,” मन्त्री घिसिङले भने, “यसले परिवर्तनलाई मजबुत बनाउनेछ र सही नेतृत्व अघि ल्याउन मद्दत गर्नेछ। सबैले आफ्नो-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ।”

सम्बन्धित समाचारसबै