0
Shares
विराटनगर । फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति आगलागी हुँदा करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार, तापेथोक हेल्लोकस्थित दर्शन लिम्बूको घरमा आगो लागेको हो। तीनतले ढुङ्गा, माटो र काठको घर र घरभित्रका अन्नपात, भाडा भाँडो, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, घरमा ठूलो मान्छे नभएको समयमा साना बालबालिकाले तापका लागि बालिएको आगो नियन्त्रण बाहिर गएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।